पु.समाचार

सुदुरपश्चिम, लुम्बिनी र १ नम्बर प्रदेशमा कार्यकर्ता भेला गर्दै दाहाल-नेपाल समुह

२७ पुष, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहले आज बिभिन्न ३ प्रदेशमा कार्यकर्ता भेला गर्दै छ । संसद बिघट गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदमका बिरुद्ध चरणबद्ध आन्दोलनमा होमीएको उक्त समुहले आज प्रदेश नम्बर १, शुदुरपश्चिम र लुम्बिनी प्रदेशमा बृहत कार्यकर्ता भेलाको आयोजन गर्न लागेको हाे ।

ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजीत छ । ओलीले संसद बिघटन गरेपछी रुष्ठ हुँदै अलग्गीएको दाहाल-नेपाल समुहले संसद बिघटनका बिरुद्ध बिभिन्न संघषका कार्यक्रमको घोषणा गरेको थियो । सोहि अनुसार आज तिन प्रदेशमा बृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।

संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालका अनुसार प्रदेशहरूमा बृहत कार्यक्रम गर्ने संविधान विघटन असंवैधानिक कदम भएको, यस विरुद्ध कसरी अघि बढ्ने लगायतका विषयमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ । यस्तै उक्त समुहको समूहको जन कलाकार संघले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ ।