राजनीति

मुलुकको भविष्य सुधार्न पात्र र प्रणाली दुबै बदलौंः सुर्यराज आचार्य

२७ पुष, काठमाडौं । पुर्वाधार बिज्ञ तथा नेता सुर्यराज आचार्यले मुलुकको भविष्य सुधार्न पात्र र प्रणाली दुबै बदल्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त आचार्यले यस्तो बताएका हुन् ।

उनले अहिलेका पात्र र अहिलेकै संसदीय प्रणालीलाई जतिसुकै फिटे पनि आउने परिणाम एउटै भएको भन्दै यस्तो कुरामा जोड दिएका हुन् । साथै उनले राज्यदोहनका लागि राजनीति र मुलुकको भविष्य निरन्तर ओरालोमा लाग्नुको मूख्य कारण यहि भएको उनको विचार छ । आचार्यले बरु मुलुकलाई प्रत्यक्ष निर्बाचित कार्यकारी प्रणालीनै उत्तम हुने बिचार व्यक्त गरेक छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि मुलुकको राजनैतिक लगाएत हरेक क्षेत्र अस्तव्यत भएका बेला उनको यस्तो धारणा सार्वजनीक भएको छ ।  यद्यपी सर्बाेच्चमा मुद्धा बिचाराधिन रहेपनि संसद बिघटनका बिरुद्ध दैनिकजसो बिरोध प्रदर्शन भईरहेका छन् ।

उनको ट्वीटः यिनै पात्र र अहिलेकै संसदीय प्रणालीलाई जतिसुकै फिटे पनि आउने परिणाम एउटै होस् राज्यदोहनका लागि राजनीति र मुलुकको भविष्य निरन्तर ओरालोमा । कि पात्र बदलौं, कि प्रणाली बदलौं, अझ सकेमा दुवै बदलौं । प्रत्यक्ष-निर्बाचित-कार्यकारी