सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः अब नागरिकले भन्न पाउने कुरा हिटलर आली जिन्दावादमात्र हो त ?

२६ पौष, काठमाडौं । राजनीतिक बिश्लेशक खगेन्द्र संग्रौलाले नागरिकले भन्न पाउने कुरा अब नवजात हिटलर आली जिन्दावादमात्र हो त ? भन्ने प्रश्न गरेका छन् । उनले ट्वीटरमा लेख्दै भनेका छन्, ‘दल दर्ता निर्वाचन आयोगमा, संसद विघटन सर्वोच्चमा विचाराधीन छन्। आली आफू दल मेरै सदर,विघटन बदरै सदर भनेर फैसला सुनाउँदै, सप्रमाण विघटन असंवैधानिक भन्ने पू.प्रमहान्यायधीशलाई अदालतलाई धम्की नदे भनेर धम्की दिँदैछन्।’
उनको ट्वीटः दल दर्ता निर्वाचन आयोगमा, संसद विघटन सर्वोच्चमा विचाराधीन छन्। आली आफू दल मेरै सदर, विघटन बदरै सदर भनेर फैसला सुनाउँदै, सप्रमाण विघटन असंवैधानिक भन्ने पू.प्रमहान्यायधीशलाई अदालतलाई धम्की नदे भनेर धम्की दिँदैछन्। नागरिकले भन्न पाउने कुरा अब नवजात हिटलर आली जिन्दावादमात्र हो त ?