पु.समाचार

थप ३६२ जनामा कोरोना पुष्टि, थप चार हजार २८६ को पिसिआर परीक्षण

२५ पौष, काठमाडौं । थप ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार ५२१ पुगेको छ । थप चार हजार २८६ को पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर पिसिआर परीक्षण गर्नेको सङ्ख्या १९ लाख ७८ हजार ८४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५७ हजार ९२८ कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६९९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ६८१ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा १९४ सङ्क्रमित थपिए
काठमाडौँ उत्यकामा थप १९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका १५३, ललितपुरका २३ तथा भक्तपुरका १८ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौँमा ९८ हजार ६००, ललितपुरमा १५ हजार ५२८ तथा भक्तपुरमा नौ हजार ३० सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९५ हजार ८८८, ललितपुरमा १५ हजार १०५ तथा भक्तपुरमा आठ हजार ७८७ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४७९, ललितपुरमा १५१ तथा भक्तपुरमा ११० जनाको कोरोनाबाट ज्यान गएको छ ।
कोरोनाबाट थप तीनको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ९१२ पुगेको छ ।