पु.समाचार

नेपालमा लोकतन्त्र समाप्त पार्ने पछिल्लो ओली कदममा सवै कम्युनिष्ट दोषीः सभापति कोईराला

२५ पौष, काठमाडौं । नेपाली काँग्रेसका सुनसरी जिल्ला सदस्य एबम् प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईरालाले सुनसरीको क्षेत्र नम्बर २ को प्रदेश सभामा आयोजीत ओली सरकारले संसद भंग गरेको बिषयमा पार्टीले गरेको देशभरको बिरोध प्रदर्शनमा बोल्दै ओली सरकारले कमेडी देखाएको बताएका छन् ।
सभापति कोईरालाले सर्बोच्च अदालतलाई प्रभाव पार्दै कुनै हालतमा संसद पुनस्थापना हुँदैन भनेर बोलेको भन्दै संबिधान देशको मूल कानून भएपनि संबिधानलाई प्रधानमन्त्रीले मिचेको बताएका छन् । उनले जननायक बीपी कोईरला सरकारलाई कू गर्दै राजा महेन्द्रले बनाएको संबिधानको संकटको उदाहरण दिँदै नेपाली काँग्रेसले लोकतन्त्रका पक्षमा देशभर आज, माघ ८ र माघ ३ गते स्थानीय तह र वडास्तरको बिरोध कार्यक्रम राखेको भन्दै प्रदेशको भूमिकाको बिषयमा नेपाली काँग्रेसको नीति स्पष्ट हुनेपर्ने बताए । नेता कोईरालाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र भन्दा पनि सबै कम्युनिष्टहरु मुलुकको लोकतनत्र समाप्त पार्नुमा दोषी देखिएको आरोप लगाएका छन् ।