राजनीति

सभापति देउवाको प्रश्नः सर्वोच्च अदालत भन्दा ठूला जनता हुन्, जनतामा जाँदा के बिग्रन्छ ?

२५ पौष, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्ती केपी शर्मा ओलीले निर्बाचन गराए काँग्रेस निर्बाचनमा जान तयार रहेको बताएका छन् । पुर्ब प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सर्बोच्च अदालतले सरकारलाई निर्बाचन गर्न भनेर आग्रह गरेको खण्डमा काँग्रेसमात्र नभएर सबै राजनाीतिक दलहरुले निर्बाचनमा जाने बिस्वास ब्यक्त गर्दै तर प्रधानमन्त्री ओलीले निर्बाचन गराउने सक्ने सम्भावनामा भने आफूलाई शंका लागेको बताएका छन् ।
नेपाली काँग्रेसले आज गरेको संसद बिघटन बिरुद्धको देशब्यापी बिरोधमा सभापति देउवाले बोल्दै भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ, सर्वोच्चभन्दा ठूलो अदालत जनता हो। जनतामा जाँदा के बिग्रन्छ ?’
नेपाली काँग्रेसले आज देशभरका ३३० वटै प्रदेश क्षेत्रमा ओली सरकारको सिफारिसमा गरिएको संसद बिघटन बिरुद्ध आक्रमक रुपमा प्रदर्शन गरिरहेको छ भने ३ गते माघ र ८ गते माघमा ७५३ वट स्थानीय तह र ६७ सय ४३ वटै देशभरका वडामा प्रदर्शन कार्यक्रम राखेको छ ।