खेलकुद

सुरेश र अनिशाले जिते क्रस दुवाथलन

२५ पुस, काठमाडौँ । पुरुष तर्फ सुरेश भुजेल र महिला तर्फ अनिशा गुरुङ्ग कोभिड १९ पश्चात भएको पहिलो क्रस दुवाथलन सिरिजमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।
नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार नेपालको सवैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनटका साथ भुजेल र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला बिजयी खेलाडीले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरी सम्म २.५ कि.म. दौड, १० कि।मि। साईक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं। २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।
स्थानिय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण बिश्वलाईनै अक्रान्त बनाईरहेको अवस्थामा स्थानिय ब्यक्तिहरुलाई क्रियासिल बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्धेश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोश्रो र आईतसिंह तामाङ्ग ३७ः१३ मिनटका साथ तेश्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए ।
दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी टोखा नगरपालिका वडा नं। २ का अध्यक्ष दीपकराज जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन संघलाई धन्यवाद दिंदै आफु पनि खेल क्षेत्रबाटनै अगाडी बढोको भन्दै आगामी दिनमा संघ संगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।
नयाँ खेलाडी उत्पादन गर्ने, स्थानिय स्तरमा खेल प्रति जागरण गर्दै स्थानिय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्धेश्यले आजोजन गरिएको सिरिजमा ट्राईयाथलन संग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकता दिईएको छ । हामीले स्थानिय स्तरमा युवाहरुलाई खेल प्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्धेश्यले सिरिजलाई महत्वका साथ अगाडी बढाएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुने छ ।
ट्राईयाथलन संघ र जम्प नेशनविच सम्झौता
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक बर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरुमा ईभेन्ट म्यानेजमेन्ट सम्वन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो ।
आज एक कार्यक्रमविच नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधी आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे ।
जम्प नेशन शारिरीक, मानसिक, भावनात्मक र आत्मियका साथ स्वस्थ समूदाय निर्माण गर्ने उद्धेश्यका साथ स्थापित संस्था हो । खेलजिवन मार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्धेश्य रहेको छ ।
पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा
१० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् ।
नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा हुने प्रतियोगिता पौष २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने भएका छन् ।
एक मात्र राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको छ अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगितालाई उपत्यका बाहिर आयोजना गर्दै जाने लक्ष संघको रहेको छ । गोलबजार ब्याडमिन्टन क्लबको सहयोगमा गोलबजार नगरपालिकाले खेलाडीहरुको खाने, बस्ने र प्रतियोगिता आयोजनाको ब्यवस्था गर्ने संघका अध्यक्षले बताए ।
प्रतियोगितामा पुरुष एकल(शिर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल .(शिर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शिर्ष १६ देखि बाहेक) र महिला एकल (शिर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको ¥याङ्किङ्ग प्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् ।
यस्तै अन्य विधामा ¥याङ्किङ्ग बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ५८ हजार तथा अन्य संचालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ । यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।