राजनीति

निर्मला पन्तका बलात्कारी खोई ? लगायत ओली सरकारलाई धनराजका ६ प्रश्न

२५ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकारलाई भिनिन्न ६ प्रश्न गरेका छन् ।

सामाजिक सञ्जल ट्वीट माफर्त नेता गुरुङले प्रधानमन्त्री ओलीलाई मन्सन सहित ओली सरकारलाई गर्दै निर्मला पन्तको बलात्कारी खोई रु लगाएत बिभिन्न ६ प्रश्न गरेका छन् ।

उनले शुक्रबार कैलालीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा केहि युवाहरुले निर्मला पन्तको बलात्कारी खोई भन्दै प्रश्न गर्न खोज्दा पक्राउ गरेको घटनालाई लिएर भनेः प्रधानमन्त्री ज्यु जनताले सरकारसंग प्रश्न सोध्न नपाउने हो रु

नेता गुरुङले वाइडबडी भ्रष्टाचारी खोइ, ७० करोडवाला भ्रष्टाचारी खोइ, आइल निगम जग्गा खरिद भ्रष्टाचारी खोइ, बालुवाटार जग्गा फिर्तावाला भ्रष्टाचारी खोइ, स्वास्थ्य सामाग्री भ्रष्टाचारी खोइ भन्ने प्रश्न गर्दै उत्तर दिने हिम्मत सरकारसंग छ भन्दै चुनौति दिएका छन् ।

उनको ट्वीटः हेल्लो @PM_Nepal ओलीलीजी ! प्रश्न सोध्न नपाइने हो ? जनतासँग अझ धेरै प्रश्न छन् । वाइडबडी भ्रष्टाचारी खोइ ? ७० करोडवाला भ्रष्टाचारी खोइ ? आइल निगम जग्गा खरिद भ्रष्टाचारी खोइ ? बालुवाटार जग्गा फिर्तावाला भ्रष्टाचारी खोइ ? स्वास्थ्य सामाग्री भ्रष्टाचारी खोइ ? उत्तर दिने हिम्मत छ ?