समाचार

काठमाडौंको टोखाका एक दम्पत्ति मृत अवस्थामा फेला

२५ पुष, काठमाडौं । काठमाडौंको टोखामा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । ग्रिन भिलामा बस्ने ३३ बर्षीया सुदीक्षा गिरी र उनका श्रिमान उमेश केसी आफ्नै कोठामा शुक्रबार राति पौने ९ बजे मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कोठामा मृत अवस्थामा पल्टिएको अवस्थामा उमेश र झुण्डीएको अवस्थामा श्रिमती सुरक्षा फेला परेका हुन् । घटनास्थलमा रगत लागेको सिलौटा भेटिएकाले सुरक्षाले श्रिमानको हत्या गरी आँफुले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

उमेश र सुदिक्षा ईन्जिनीएर रहेको खुलेको छ । उमेशका परिवार अमेरिकामा रहेको र उमेश केहि समय अघि नेपाल आएका थिए । शव पोष्टमार्टकमका लागी शिक्षण अस्पताल लगिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिएका छन् ।