समाचार

भारतको एक अस्पतालमा बिहानै भएको भिषण आगालागीमा १ देखी ३ महिनाका १० शिशुको मृत्यु

२५ पुष, एजेन्सी । भारतमा एका बिहानै भएको भिषणा आगालागीमा परेर १ देखी ३ महिनाका १० शिशुको मृत्यु भएको छ । शनिबार बिहानै भारतको महाराष्ट्रस्थित एक जिल्ला अस्पतालमा आगालागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बिबिसिले जानकारी दिएको छ ।

मृत्यु हुने शिशुहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेलेका अनुसार आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो ।

युनिटबाट सात शिशुलाई बचाइएको छ । यस्तै १० जनाको मृत्यु भएको छ । जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो ।

उक्त अस्पतालमा नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखेको बताईएको छ । यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिएको बिबिसि हिन्दिले जानकारी दिएको छ ।