राजनीति

ओली प्रतिगमनका बिरुद्ध आ-आफ्नो स्थानबाट सबैले बिरोध गरौं, नत्र कलंक लाग्ने छः डा.भट्टराई

२५ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको सबैले बिरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले देशको मूल कानून भनिने संविधानमाथि एउटा सन्की शासकले बन्चरो चलाउॅदा त्यतिवेला कुनै सचेत नागरिक चूप बस्न नसक्दैने भन्दै यस्तो बताएका हुन् ।

ओलीको उक्त कदमको सबैले आ-आफ्नो स्थानबाट बिराेध गर्नुपर्ने भन्दै नत्र कलंक लाग्ने टिप्पणी गरेका छन् । संसद बिघटनका बिरुद्ध चार पूर्व प्रधानन्यायाधीशहरूले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना भएको पनी उनकाे धारणाा छ ।

शुक्रबार पुर्व प्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुसीला कार्कीले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्योदेवी भण्डारीले गरेको संसद बिघटन असंबैधानिक भएको बताएका थिए ।

डा.भट्टराईले उनिहरुको उक्त धारणा पस्चात सबैले आ-आफ्नो ठाऊॅबाट ओली प्रतिगमनको प्रतिरोध गर्नुपर्ने नत्र कलंक लाग्ने भन्दै ट्वीट गरेका हुन् ।

उको ट्वीटः ४ पूर्व प्रधानन्यायाधीशहरूले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना हो ! जब देशको मूल कानून भनिने संविधानमाथि एउटा सन्की शासकले बन्चरो चलाउॅछ त्यतिवेला कुनै सचेत नागरिक चूप बस्न सक्दैन/हुॅदैन । सबैले आआफ्नो ठाऊॅबाट ओली प्रतिगमनको प्रतिरोध गरौं । नत्र कलंक लाग्नेछ !