प्रदेश 1

मकालु युवा समाजद्वारा आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

२४ पुस, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ । 

समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए । 

सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए। युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिए। 

आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । बिहीबार नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।