समाचार

संसद बिघटन बिरुद्ध दाहाल-नेपाल समुहले आज देशैभरीबाट ओलीलाई बिरोधपत्र बुझाउने

२४ पुष, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहले आज देशैभरीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र बुझाउँदै छ ।

प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद बिघटनका बिरुद्धमा दोस्रो चरणको आन्दोलनको घोषणा गरेको पुष्पकमल दाहाल– माधवकुमार नेपाल समुहले आज देशैभरी बिरोधपत्र बुझाउने भएको हो ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लाबाट ओलीलाई बिरोधपत्र बुझाउन लागिएको हो ।

संसद बिघटन बिरुद्ध चरणवघ आनदोलनमा होमिएको उक्त समुहले यसअघि प्रधानमन्त्री ओलीको पुत्ला दहलदेखी लालटिन जुलुसको आयोजना गरेको थियो ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने भएको छ ।