अन्तर्राष्ट्रिय

अन्ततः हारको स्वीकार गर्दै ट्रम्पले भनेः शान्तिपुर्ण सत्ता हस्तान्तरणमा मेरो ध्यान केन्द्रित

२४ पुष, काठमाडौं । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले शान्तिपुर्ण रुपमा सत्ता हस्तान्तरण नै आफ्नो प्रमुख उद्येश्य हुने बताएका छन् । गत नोभेम्बरमा भएको निवार्चनमा जो बाईडनको जित स्वीकार गर्दै अन्ततः शान्तिपुर्ण शक्ति हस्तान्तरण गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

ट्रम्पका सर्मथकले बुधबार निवार्चनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद भवन क्यापिटल हिलमा गरेको धाँधली तथा प्रदर्शनको पनि निन्दा गरेका छन् । बुधबार भएको धाँधलीमा ४ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाईते भएका छन् । उक्त धाँधलीलाई लिएर अमेरिका लगाएत बिश्वका नेताहरुले चर्काे आलोचना समेत गरेका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटमा भिडियो सन्देश माफर्त उक्त आक्रमणलाई जघन्य आक्रमणको संज्ञा दिँदै यस किसिमको आक्रमणले अमेरिकाको प्रजातन्त्रलाई अशुद्ध बनाएको बताएका थिए । साथै बुधबार भएको उक्त हिंसात्मक प्रदर्शन ट्रम्पको उक्साहटमा भएको भन्दै उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग समेत उठेको थियो ।

यसअघि ट्रम्पले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । तर, उनले स्पष्ट प्रमाण भने पेश गर्न सकेका थिएनन् । यद्यपि बिहीबारको भिडियो सन्देशमा भने उनले आगामी राष्ट्रपतिमा बाइडनलाई स्वीकार गरेका हुन् ।