राजनीति

नेपालको हकमा निसन्देह रुपमा राजा पृथ्वीनारायण शाह आधुनिक जनक हुन्ः नेता घिमिरे

२३ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गुरुराज घिमिरेले देशमा जुनसुकै राजनीतिक प्रणाली भएपनि राष्ट्रनिर्मातालाई बिर्सन नहुने बताएका छन् । उनले नेपालको हकमा निसन्देह रुपमा राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका जनक भएको बताउँदै नेपालको हकमा निसन्देह रुपमा राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका जनक भएको दाबी गरेको छन् ।
नेता घिमिरेले भने, ‘पुर्खाको सम्मान गर्न नजान्नेले राष्ट्रवादको गीतगाउन पटक्कै शोभादिदैन।शासनव्यवस्था त समयको आवश्यकता र जनचाहना अनुसार फेरिदै पनि जानसक्छ !’
नेता घिमिरेको ट्वीटः देशमा जुनसुकै राजनीतिक प्रणाली भएपनि राष्ट्रनिर्मातालाई बिर्सनु हुदैन। नेपालको हकमा निसन्देह रुपमा राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका जनक हुन्। पुर्खाको सम्मान गर्न नजान्नेले राष्ट्रवादको गीतगाउन पटक्कै शोभादिदैन। शासनव्यवस्था त समयको आवश्यकता र जनचाहना अनुसार फेरिदै पनि जानसक्छ !