राजनीति

नेताले मानसिक सन्तुलन गुमाउँदा सिङ्गै देशकाे बेइज्जत हुन्छः नेता गुरुङ

२३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेताले मानसिक सन्तुलन गुमाउँदा सिङ्गै देश बेइज्जत हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले नेपालदेखी अमेरिकासम्मको राजनीतिकलाई बिश्लेषण गरेर  यस्तो बताएका हुन् ।

मुलुकको नेतृत्व गर्ने नेताले मानसिक सन्तुलन गुमाउँदा सिङ्गै देशले दुख पाउँछ र सिङ्गै देशको बेइज्जत हुने धारणा व्यक्त गरेका छन् । अमेरिकाको संसदका भएको तोडफोड र आक्राणदेखी नेपालको संसदसम्म तुलना गर्दै  उनले यस्तो ट्वीट गरेका हुन् ।

साथै कुनै साधरण मान्छेले मानसिक सन्तुलन गुमाउँदा उ आफैले दुख पाउँछ र उनको आफ्नै बेइज्जत हुने उनको भनाई छ ।

उनको ट्वीटः काठमाण्डौंदेखि वासिङ्टनसम्म नियाल्दाः कुनै साधरण मान्छेले मानसिक सन्तुलन गुमाउँदा उ आफैले दुख पाउँछ र उनको आफ्नै बेइज्जत हुन्छ । तर मुलुकको नेतृत्व गर्ने नेताले मानसिक सन्तुलन गुमाउँदा सिङ्गै देशले दुख पाउँछ र सिङ्गै देशको बेइज्जत हुन्छ ।