राजनीति

रबिन्द्र मिश्रको प्रस्तावः सबै पार्टीका कर्मचारी युनियन खारेज गर्ने आँट गरौं

२३ पुष, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सबै पार्टीका कर्मचारी युनियन खारेज गर्ने आंट गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा दाहाल- नेपाल समूहद्वारा आयोजित अन्तरपार्टी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । युवा पुस्ताहरुको जिवन सुन्दर र सुनिस्चीत बनाउनको लागी भएपनि सबै पार्टीका कर्मचारी युनिएन खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारी बेतनधारिले कहिलेपनि कर्मचारी युनिएन चलाउन पाउँदैन भनेर भन्न र प्राध्यापकहरुको संगठन भंग गर्न पनि आग्रह गरेका छन् । संयोजक मिश्रले संबैधानीक आयोगहरुमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नर्गन पनि आग्रह गरेका छन् ।

साथै उनले नेपालमा के साँच्चै क्षमतावान भएका व्यक्तित्व छैनन र भन्ने प्रश्न गर्दै अख्तियारमा एकपल्ट बालुवाटारकाण्ड उजागर गर्ने सारदा प्रसाद त्रिताललाई लगेर नियक्त गर्न भन्दै कुन भ्रष्टाचारी बच्छ भन्दै चुनौति दिएका छन् ।

यस्तै सर्बाेच्चमा पनि राजनैतिक भागबण्डा गरेर न्यायाधिश नियक्त गरियो भने अरुलाई खाने बाघले आँफैलाई खाने र सबै जना त्यस्को शिकार हुने बताएका छन् । नेपाली राजनीतिको चरित्रमा बिकाव भएको फ्र्याङ्केनस्टाइन प्रबृत्तिलाई निरुत्साहित नगर्ने हो भने हरेक केहि बर्षमा कुनै न कुनै रुपमा प्रतिगमनहरु आई नै रहेने उनकाे भनाइ छ । उनले फ्र्याङ्केनस्टाइनलाई एउटा दैत्यको चरित्र चित्रण गरेका छन् ।

नेपाली लोकतन्त्रका लागी धेरै नेताले जेलनेल सहेर उनिहरुकै कारण आज नेपाल यहाँसम्म आईपुगेको सुखद कुरा भएपनि उनिहरुले परिकल्पना गरेर उठाएका कदमले हरेक स्थानमा फ्र्याङ्केनस्टाइन जन्माएको बताए । बिद्यार्थि, डाक्टर, ईन्जीनिएर, शिक्षक हरेको कर्मचारी संगठन खोलेर जन्माएको फ्र्याङ्केनस्टाइनका कारण आज हरेक राजनीतिक दलहरु लोकतन्त्रको नारा लगाउँदै सडकमा आउनु परेको बताएका छन् ।