पु.समाचार

नेम्वाङले भनेका थिए, यो संविधानमा संसद विघटनको प्रावधान छैनः किशोर नेपाल

२३ पुष, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले संबिधानसभाका पुर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा संसद विघटनको प्रावधान छैन भनेर भनेको कुराको स्मरण गरेका छन् ।

उ बेला संविधानमा संसद बिघटनको प्रावधान नभएको र प्रधानमन्त्रीलाई यस्तो अधिकार नभएको भन्दै गर्जने गरेका उनि अहिले भने चुँ पनि नबोलेको भन्दै टिप्पणी गरेका छन् ।

साथै नेम्वाङ अहिले प्रधानमन्त्रीद्वारा संसद बिघटन गर्ने असंबैधाीक कदमका बिरुद्ध मौन रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

ओलीले संसद बिघटन गर्दा तत्कालीन संबिधानसभाका अध्यक्ष रहेका नेम्वाङको कुनै धारणा सार्वजनीक नभएको भन्दै चौतर्फि आलोचना भईरहेको बेला उनको यस्तो धारणा सार्वजनीक भएको हो । उनले सुवास नेम्वाङ सामाजिक सन्जालमा सर्वाङ्ग नांगै भएको भन्दै कुरा पावरको हो भनेका छन् ।

उनको ट्वीटः उतिबेला अर्थात 2019 मा चर्कोः समाचारहरूमा सुवास नेम्वांगको गर्जन-यो संविधानमा संसद बिघटनको प्रावधान छैन । प्रधानमन्त्रीलाई यस्तो अधिकार छैन । यतिबेला अर्थात 2021 मा प्रम ओलीले संसद बिघटन गरेपछि मौन । सुवास नेम्वांग सामाजिक सन्जालमा सर्वाङ्ग नांगै । कुरा पावरको हो ।