राजनीति

पन्चहरु विपीलाइ फासी चढाउनु पर्छ भन्दै थिए……नेता गुरुङ

२३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अदालतमा विचाराधीन विषयमा कोहिपनि बोल्नै नहुने बताएका छन् ।

संसद बिघटनका बिरुद्ध सर्बाेच्चमा मुद्धा चलिएरहेको तर्फ ईंगीत गर्ने नेता गुरुङले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले २०३३ सालमा विपी बिरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको बेला पञ्चहरुले विपीलाई फाँसी चढाउनु पर्छ भनेको स्मरण गरेका छन् ।

साथै कांग्रेसले विपी बिरुद्धको मुद्दा खारेज गर भनेको भन्दै अदालतमा विचाराधीन मुद्दामा बोल्नै हुँदैन त भनेका छन् ।

उनको ट्वीटः अदालतमा विचाराधीन विषयमा बोल्नै हुँदैन । केही साथीहरुको टिप्पणी । म धेरै केही भन्दिन । २०३३ सालमा विपी बिरुद्ध अदालतमा मुद्दा विचाराधीन थियो । पञ्चहरु विपीलाई फाँसी चढाउनु पर्छ भन्दै थिए । कांग्रेसले भन्यो विपी बिरुद्धको मुद्दा खारेज गर । अदालतमा विचाराधीन मुद्दामा बोल्नै हुँदैन त ?