राजनीति

डा भट्टराई चेतावनी दिँदै भन्छन्ः नत्र अरू बाटो रोज्न नपरोस्!

२२ पौष, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुने बिचार ब्यक्त गरेका छन् ।
डा भट्टराईले ट्वीट गर्दै अन्यथा भए अरू बाटो रोज्न नपरोस्! भन्दै चेतावनीसमेत दिएका छन् । उनले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने भन्दै संसद पुनmस्थापनाको बिषयमा कडा बिचार राखेका हुन् । आजदेखी संसद पुनस्थापनाको बिषयमा सर्बोच्च अदालतमा बहस हुनगईरहेको समयमा पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईको कडा टिप्पणी आएको हो ।
डा भट्टराईको ट्वीटः आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ! ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ! अरू बाटो रोज्न नपरोस्!