राजनीति

सर्बोच्चका न्यायधीशहरु बिद्वान भएकोले लोकतन्त्र बचाउन संसद पुनःस्थापना गर्छः बरिष्ठ नेता पौडेल

२१ पुस, काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने बिश्वास ब्यक्त गरेका छन् । जनता समाजबादी दलको काठमाडौंमा आयोजीत कार्यक्रममा बोल्दै उनले कसैले आफुले सनक चढ्दैमा प्रतिनिधि सभालाई नै बन्धक बनाउनु राम्रो नभएको भन्दै सर्बोच्च अदालतमा विवेक भएका बिद्वान न्यायधीश भएकोले जनताबाट निर्बाचित प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफू बिश्वस्त रहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभा बिघटन गर्न सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उक्त कदम सच्याउन मागसहित नेपाली काँग्रेस आन्दोलनमा होमिएको दाबी गरेका छन् । उनले पौष २५, माघ ३, ८ को देशब्यापी आन्दोलन राजधानीमासमेत हुनसकने चेतावनी दिँदै लोकतन्त्र बिरोधी कहिलै काँग्रेसको मित्र हुनसक्ने बताए ।