राजनीति

बिद्या/केपीको असंवैधानिक कदम बिरुद्ध पौष २५/माघ ३/८ गतेकाे आन्दोलनमा सहभागी बनौंः धनराजको आह्वान

२१ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले असंवैधानिक कदमका बिरुद्ध पौष २५, माघ ३ र ८ गते हुने आन्दोलनमा सहभागी बनौं भन्दै देशभरका नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभचिन्तकलगायत सबैमा आह्वान गरेका छन् । नेता गुरुङले हामीले संबिधान बनाउँदा ६/६ महिनामा सरकार गिराउने र बनाउने खेल रोक्नका लागि संबिधानको धारा ७६ मा स्पष्ट लेखेका छौं भन्दै आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् । नेता गुरुङले प्रधानमन्त्रीको लहड र राष्ट्रपतिको अपरिपक्व निर्णयले संसद विघटन हुँदैन भन्ने दाबी गर्दै सामाजि सञ्जाल फेसबुक, ट्वीटरमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीको कदम बिरुद्ध आक्रँेश पोख्दै आएक छन् ।

गुरुङको स्टाटस्ः हामीले संबिधान बनाउँदा ६/६ महिनामा सरकार गिराउने र बनाउने खेल रोक्नका लागि संबिधानको धारा ७६ मा स्पष्ट लेखेका छौं। प्रधानमन्त्रीको लहड र राष्ट्रपतिको अपरिपक्व निर्णयले संसद विघटन हुँदैन। त्यसैले असंवैधानिक कदमका बिरुद्ध पौष २५, माघ ३ र ८ गते हुने आन्दोलनमा सहभागी बनौं।