समाचार

नेपाली सेनाले खोल्यो ११ पदमा २ सय ९४ जनाको लागी भर्ना

२१ पुष, काठमाडौं । नेपाली सेनामा बिभिन्न पदका लागी जगीर खुलेको छ । सोमबार सुचना जारी गर्दै सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हाे । लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बन्दोबस्ती कार्य सिपाही पदमा ९६, अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आवश्यक योग्यता भएका नेपाली नागरिकले तोकिएको समयमा आवेदन दिन सक्नेछन् । यस्तै दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकेको छ भने दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जंगी अड्डाले जानकारी दिएको छ ।

यस्तै लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाइएको छ ।