अन्तर्राष्ट्रिय

कोरोना संक्रमीत बढेपछि बेलायतमा फेरी लगाईको देशव्यापी लकडाउन

२१ पुष, एजेन्सी । बेलायतमा पुनः देशव्यापी लकडाउन जारी गरिएको छ । देशैभरी फेरी कोरोना संक्रमीत बढेको भन्दै फेब्रअरी महिनाको मध्यमसम्म लकडाउनको घोषणा गरिएको बिबिसिले जानकारी दिएको छ ।

बेलाएतका प्रधानमन्त्री बोरीस जोनसनले कोरोना प्रकोप फैलन पुनः सुरु गरेकाले लकडाउन जारी गर्दै घरभित्रै बस्न नागरिकलाई अपिल गरेका छन् । देशवासीलाई सम्बोधन गर्दै जोनसनले अत्यावस्यकीय काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेका छन् ।

पछिल्लो समय अवस्था केहि सामान्य बन्दै गएको बेलाएतमा कोरोनाको प्रकोप फेरी फैलन सुरु गरेपछि त्यहाँको जनजिवन फेरी अस्तवेस्त बनेको छ ।  यद्यपी बेलायत सरकारले कोरोना भाईरस बिरुद्धको खोप एक्सफोर्ड–एस्ट्राजेनेका लगाउन सुरु गरि सकेको छ ।