प्रवास

पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम

पोर्चुगल, २१ पुस । नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ ।

कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली दिदीबहिनीको तालिममा सहभागिता छ । तालिम एक महिना सञ्चालन हुनेछ । तालिमको प्रशिक्षकका रूपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यावसायी मीरा कार्की रहेका नेपाली महिला समाज पोर्चुगलका अध्यक्षले निर्मला खराल ढकालले बताए ।

स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।