सामाजिक सञ्जाल

कंचनपुरमा भारतीय प्रहरीले नरेन्द्रमाथी गरेको गोली प्रहार घटनाको छानबिन र कारबाही होस्ः अध्यक्ष थापा

२१ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कंचनपुरमा भारतीय प्रहरीले नरेन्द्रमाथी गरेको गोली प्रहार घटनाको छानबिन र कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै यस्तो माग गरेका हुन् । सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको दोधाराचाँदनी-१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका थिए ।

साथै अध्यक्ष थापाले सिमामा एक नेपालीमाथि भएको उक्त घटनाको निन्दा तथा भत्सना समेत गरेका छन् । उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनको ट्वीटः कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli  @MofaNepal  को ध्यान आकर्षित गर्दछु ।