मनोरञ्जन

सुनिल र मेलिनाको दिउँला माया तिमीलाईको चर्चा, भिडियो ट्रेण्डिगंमा

२० पुष, काठमाडौँ । सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता हिट गीतका गायक सुनिल गिरीको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ ।

‘ सार्वजनिक भए दलगत्तै ट्रेण्डिगंमा आएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो । यो समाचार तयारपार्दासम्म भिडियोलाई ५ लाख बढी दर्शकले हेर्दै ट्रेण्डिगंको आठौँ स्थानमा रहन सफल भएको छ । तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । भिडियो रिलिज गरिएको १ दिनमा नै ट्रेण्डिगंमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म भिडियो २ लाख बढीले हेरेका छन् ।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ ।

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । भिडियोमा बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको छ ।

गितको भिडियोः