आर्थिक

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बिच व्यवसायीक सम्झौता

१९ पुस, काठमाडौँ ।माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागिआधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड माछापुच्छ्रे बिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चातमहिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लि. ले सहुलियतदरमाकर्जा उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा अग्नि इन्कर्पोरेटेड  को तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र Agni Incorporatedका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराई सम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि POS Machineमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।