राजनीति

डा भट्टराईको आक्राेशः कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!

१९ पौष, काठमाडौं। जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाएकोभएपनि केही कुपुत्र कुपुत्रीले उक्त घर जलाईदिएको बताएक छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए! केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन्। छिमेकी रमिते! ळौन आगो निभाऊॅ !’ अध्यक्ष डा भट्टराईले नेकपाको पछिल्लो बिबाद र देखिएको नेकपा अध्यक्ष केपी शर्मा ओली, माधब कुमार नेपाल अनि पुष्पकमल दहालबीचको बिबादका कारण गणतन्त्र धरापमा परेको बिषयमा केन्द्रीत हुँदै उक्त टिप्पणी गरेका हुन् । उनले आर्किटेक्टको हैशियतबाट उक्त आक्रोस पोखेका हुन् ।
डा भट्टराईको ट्वीटः एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए! केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन्। छिमेकी रमिते! ळौन आगो निभाऊॅ !