राजनीति

धनराज गुरुङको ठोकुवाः किताबको भारी बोक्दैमा गधा विद्वान बन्दैन

१९ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सभासद धनराज गुरुङले किताबको भारी बोक्दैमा गधा विद्वान बन्दैन भन्ने ठोकुवा गरेका छन् । नेता गुरुङले नेपाली राजनीतिको बिडम्बना– किताबको भारी बोकेको गधाले आफुलाई विद्वान भन्ठान्छ र अरुलाई उपदेश दिन थाल्छ भन्दै चिन्ता ब्यक्त गरेका छन् । पछिल्ला समयमा भएका बिभिन्न राजनीतिक बिकृतिलाई संकेत गर्दै नेता गुरुङको उक्त प्रतिकृया आएको हो । नेता गुरुङले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आफ्नो विचार राखेका हुन् ।
नेता गुरुङको ट्वीट: किताबको भारी बोक्दैमा गधा विद्वान बन्दैन। तर नेपाली राजनीतिको बिडम्बना– किताबको भारी बोकेको गधाले आफुलाई विद्वान भन्ठान्छ र अरुलाई उपदेश दिन थाल्छ। गधाको उपदेश सुनेर ताली बजाउने मेरो देश!