अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः संक्रमितको सङख्या १० करोड ८७ लाख नाघ्यो, २३ लाख ९२ हजार भन्दा धेरैको निधन (पछिल्लो अपडेट)

१ फागुन, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । वल्र्ड मिटरको शनिबार सम्मको तथ्यांक अनुसार विश्वभर १० कराेड ८७ लाख ३ हजार ५ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अमेरिकामा २ करोड ८० लाख ९८ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ४० लाख ४२ हजार ८ सय ३७, ब्राजिलमा ९७ लाख ५६ हजार ६ सय ९४, इटालीमा २६ लाख ९७ हजार २ सय ९६, स्पेनमा लाख ३० लाख ५६ हजार ३५,  मेक्सीकोमा १९ लाख ६८ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि  भएको छ ।

विश्वभर २३ लाख ९२ हजार ३ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख नाङेको छ । त्यहाँ ४ लाख ९२ हजार २ सय ४८ जनाको मृत्यु छ । त्यस्तै, बेलायतमा १ लाख १६ हजार २ सय ८७,  फ्रान्समा ८१ हजार ४ सय ४८, मेक्सीकोमा  १ लाख ७१ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।

विश्वभर ८  कराेड ७ लाख १५ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ १ करोड ८० लाख ३४ हजार ६ सय ४९ जना निको भएका छन् । ब्राजिलमा ८६ लाख ७८ हजार ३ सय २७, जर्मनीमा १ लाख ९७ हजार ७ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा २ लाख ५ सय ८९ संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको हुनेको संख्या १ करोड ८ लाख ९२ हजार ५ सय ५० छ भने १ लाख ५५ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ । नेपालमा २ लाख ७२ हजार ५ सय ५७ संक्रमित भएका छन् । संक्रमितहरु मध्ये २ हजार ५४ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएका छन्