
माघ १३, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । वल्र्ड मिटरको मंगलबार सम्मको तथ्यांक अनुसार विश्वभर १० कराेड २ लाख ५४ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै अमेरिकामा २ करोड ५८ लाख ४८ हजार ९ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३७ लाख ३८ हजार ६ सय ९०, ब्राजिलमा ८८ लाख ७२ हजार ९ सय ६४, इटालीमा २४ लाख ७५ हजार ३ सय ७२, स्पेनमा लाख २६ लाख ९७ हजार २ सय ९४, मेक्सीकोमा १७ लाख ६३ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वभर २१ लाख ४८ हजार ४ सय ३५ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख नाङेको छ । त्यहाँ ४ लाख ३१ हजार २ सय ९१ जनाको मृत्यु छ । त्यस्तै, बेलायतमा ९८ हजार ५ सय ३१, फ्रान्समा ७३ हजार ४ सय ९४, मेक्सीकोमा १ लाख ४९ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
विश्वभर ७ कराेड २२ लाख ५१ हजार ७३ जना संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ १ करोड ५६ हजार ८ सय ३८ जना निको भएका छन् । ब्राजिलमा ७७ लाख ९ हजार ६ सय २, जर्मनीमा १ लाख ९७ हजार ७ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा २ लाख ५ सय ८९ संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना संक्रमीतको हुनेको संख्या १ करोड ६ लाख ७७ हजार ७ सय १० छ भने १ लाख ५३ हजार ६ सय २४ जनाको मृत्यु भएको छ । नेपालमा २ लाख ६९ हजार ७ सय ८९ संक्रमित भएका छन् । संक्रमितहरु मध्ये २ हजार ११ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएका छन्