मनोरञ्जन

के छ ज्यानलाई’ भन्दै आए नायक दिलीप र कविता, हेर्नुहोस् (भिडियो)

१५ पुष, काठमाडौं । लोकप्रिय नायक दिलीप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।

हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत र संगीत संयोजन हेमन्तकै रहेको छ ।

कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा दिलिप र कविताको अहिलेसम्मकै बेजोड अभिनय देख्न सकिन्छ । करन चैसिरले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

गितको भिडियोः