मनोरञ्जन

सुनिल र मेलिनाको दिउँला माया तिमीलाईमा यसरी खुलिन् उर्मिला, हेनुहोस् भिडियो

काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत (दिउँला माया तिमीलाई)को भिडियो सार्वजनिक भएको छ । (दिउँला माया तिमीलाई) सोल्टिनीको भाग २ हो ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् ।

सुनिल कै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो । गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।