साहित्य

हृदयचन्द्र सिंह पुरस्कार बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

११ पुस, काठमाडौँ / यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।
साहित्य सदनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरको हुन्। हृदयचन्द्र स्मृति सम्मानको राशि रु २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशि रु २० हजार रहेको छ ।
कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानबारे समिक्षा गरेका थिए । सोही अवसरमा साहित्यकार वसन्त रिजालको पहिलो कविता सङ्ग्रह “ब्युँझिएपछि” को विमोचन गरिएको थियो । साहित्यकार डा विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे ।
कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राडा हेमनाथ पौडेल, साहित्यकार सीता शर्मा, मित्रलाल पंज्ञानीलगायतले नेपाली साहित्यमा हृदयचन्द्रसिंह प्रधान र गोपालप्रसाद रिमालको विशिष्ट योगदानको चर्चा गरेका थिए। साथै स्रष्टाहरुले प्रधान र रिमालको स्मरणमा कविता वाचन गरेका थिए ।