बाग्मती

प्रा. कृष्ण आचार्यको भर्खरै निधन भएको छ, हार्दिक श्रद्धान्जली !

१० पौष, काठमाडौं । इतिहास शिरोमणी बाबुराम आचार्यका छोरा आचार्यहरुका आदरणीय ब्यक्तीत्व महेन्द्र संस्कृत बिश्वबिद्यालयका पुर्व उपकुलपति, इतिहास शिरोमणी बाबुराम आचार्य स्मृति प्रतिष्ठानका संरक्षक, आचार्य समाजकी केन्द्रीय सदस्य तथा इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष कञ्चन शर्मा आचार्य तथा समाजसेवी निर्मला आचार्यका पीता आदरणीय ब्यक्तीत्व श्रीकृष्ण आचार्यको केहीबेर अगाडीमात्र बानेश्वरस्थीत आफ्नै घरमा निधन भएको छ । मृतकका परिवारप्रति भगवानले धैर्यधारण गर्ने शक्ति दिउन् भन्दै मृत आत्माको चिर शान्तीको कामनासहित हार्दिक श्रद्धान्जली अर्पण आचार्य बन्धु समाज नेपाल तथा इतिहास शिरोमणी बाबुराम आचार्य स्कृति प्रतिष्ठान महासचिव बाबुराम आचार्यले एक बिज्ञप्ती जारी गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् । आचार्य नेपाली समाजका अग्रज ब्यक्तीत्व हुन् ।आचार्यको मृत शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।