राजनीति

नेकपाका सबै सम्पती हाम्रै हुन्, प्राईभेट कम्पनी भए ओलीले नै लगुन्ः अध्यक्ष नेपाल

१० पौष, काठमाडौं । नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको बताएका छन् । आज गरिएको पत्रकार सममेलनमा बोल्दै नबगठीत नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपालले आफ्नो ४९ बर्ष पुरानो सम्बन्ध भएपनि प्रधानमन्त्रीले एकैपटकमा तोडेको बताए ।
अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई अहिलेको ब्यवस्थाप्रति एकरति पनि माया नभएको दाबी गर्दै भने, ‘ओलीजी कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो ।’
नेकपा अध्यक्ष नेपालले भने, ‘नेकपाको नाममा भएका जति पनि कार्यालय, सम्पत्ति छन् ती सबै हाम्रो हुनेछ । कसैका प्राइभेट कम्पनी छन् भने त्यो हामी लिँदैनौं । त्यो उतै रहोस् ।’ अध्यक्ष नेपालले ओलीमा पछिल्लो समय धेरै नै अहंकार पैदा भएको भन्दै त्यो अहंकार आफूहरुले हटछाउन संसद पुनःस्थापना गराएरै छाड्ने दाबी गरे । प्राईभेट कम्पनी भन्दै ओली निकट मानिने यति होल्डिगं, ओम्नीलगायतलाई अध्यक्ष नेपालले ब्यंग्य गरेका थिए ।