कर्णाली प्रदेश

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा ‘ख्रिष्टमस’को शुभकामना

१० पुस, कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रिष्टमस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै ‘ख्रिष्टमस’ले सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, सहिष्णुता र भ्रातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास व्यक्त गरेका छन्।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतासहितको विविधतायुक्त देशभित्रको समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति एवं पर्वले नेपाली समाजलाई अझ बढी मौलिक र सम्पन्न बनाएको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै भौतिक दूरी कायम गरेर सङ्घीय तथा प्रदेश सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डलाई पालना गरी सावधानीका साथ पर्व मनाउन अनुरोध गरेका छन् ।
प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को सोच साकार पार्न सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सङ्घसंस्था, निजी क्षेत्र, पत्रकार सञ्चारकर्मीलगायत सबै कर्णालीवासीलाई सो पर्वले प्रेरित गर्ने विश्वास लिइएको मुख्यमन्त्री शाहीले बताएका छन् ।