तस्विरहरु

हामी यहाँ छौं भन्दै, संसद बिघटन बिरुद्ध दाहाल-नेपाल समुह पुग्यो माईतीघर हेर्नुहोस् ! (तस्वीरमा)

१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती विद्यादेबी भण्डारीले संसद बिघटन गरेको बिरोधमा सत्तापक्ष नै उत्रिएको छ । ओलीले संसद बिघटन गेको बिरोधमा बिबिध संघर्षको कार्यक्रम सार्वजनीक गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधव कुमार नेपाल समुहले आज काठमाडौंको माईतिघरमा आन्दोलन गरेको छ ।

माईतीघरमा जारी आन्दोलनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल माधवकुमार नेपाल, आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु मण्डला पुगिसकेका छन् । ओलीले जारी गरेको असंबैधानीक संसद बिघटन मान्दैनौं भन्दै जान्दोलन गरिरहेका छन् ।

ओलीले संसद बिघटन गरेपछि यतिबेला नेकपा दुई समुहमा विभाजीत भएको छ भने दुबैले आफुनै आधिकारीक भएको दाबी गरेका छन् । पार्टी फुटको घोषणा नगरेपछि दुई समुहमा बिभाजीत भएर बिभिन्न एकलौटि निर्णय गरेसंगै पार्टी टुक्रियको देखिएको छ ।