राजनीति

संसद बिघटनबारे काँग्रेसले सर्बोच्चको निर्णय सुन्ने भन्दा, काँग्रेसका निर्णय सर्बोच्चलाई सुनाउने होः गगन थापा

८ पौष, काठमाडौं। नेपाली काँग्रसका केन्द्रीय सदस्य एबम् साँसद गगन कुमार थापाले काँग्रेसले सर्बोच्च अदालतले के भन्छ र निर्णय गर्नुभन्दा पनि काँग्रेसले के भन्छ भन्नेकुरा सर्बोच्च अदालतलाई सुनाउनुपर्ने विचार ब्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्टरपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरिसकेको अवस्थामा अव कसरी अगाडी बढ्ने भन्ने बिषयमा निर्णय गर्न मंगलबारदेखी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उक्त विचार राखेका हुन् ।
नेताहरुबीच आन्दोलनमाजाने वा नजाने विषयमा बहस भईरहेका बेला काँग्रेसले सरकार र राष्ट्रपतिकोकदम बिरुद्ध आन्द्योलनमा जाने निर्णयगरिसकेको छ भने कहिले र कसरी आन्दोलनमा जानेभन्ने निर्णय भने बिहीबारको बैठकले तय गर्ने पार्टी प्रवक्ता बिश्वप्रकास शर्माले जानकारी दिएका छन् ।
नेता थापाले भने काँग्रेसको सिफा रिसमा गरिएका संबैधानिक नियुक्ती पनि काँग्रेसले फिर्ता लिनुपर्ने भन्दै ‘सडकमा हामी गएनौं भने अर्को कोही जान्छ, सडक कहिल्यै खाली हुँदैन,ु बैठकमा थापाले भने, ुअसंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैन ।’ भन्ने दाबी गरेका छन्।