साहित्य

“तिमी कस्तो सुपृमो”

✍️ सुबास जोशी         -कविता

रातोझन्डा फहराउदै
नथाक्ने युवाहरु संगै
बैज्ञानिक समाजवादी सपना बोकेर
प्रफुल्लित भएर
रत्तिभर नडगमगाउदै
सुस्तरी सुस्तरी हिड्न खोज्दै छु
त्यहीँ बाटो ! जहाँ तिमिले अलपत्र पारेर छोड्यौ ।
म एक्लै हिड्न खोज्दा सोद्ने गर्छन् ती
खाराका,पिलि ,मंगलसेन, दोरम्बा लगायतका…………
सहिद , घाइते ,बेपत्ता योद्धाहरु,
युद्धमा अभिभावक गुमाएका टुहुरा नानिबाबु
बालबालिका गुमाएका अभिभावकहरु ,
जनताको मुक्तिका लागि बेप्रवाह लडिरहेका जनमुक्तिसेना हरु ,
खाना , नाना र छाना दिने हाम्रो महान जनता हरु,
खोइ त तिम्रा सुपृमो आज कता ? 
के बाटो बिरायकै हुन ? 
जनयुद्ध लाई अलपत्र पार्न मिल्छ ?
सहिद , घाइते , बेपत्ता योद्धाको योगदान लाई कुल्चिन मिल्छरु
के यस्तै लाई भन्न्छन गणतन्त्र ?
यस्तै कति कति…….. 
म कसरी भनौ ? 
सहयोद्दालाई कुल्चेर दुस्मन संग सहयात्रा गर्ने तिमी कस्तो सुपृमो ? 
गणतन्त्रका लागि तिम्रै कासनमा दुस्मन विरुद्ध लड्ने सिपाही जेलमा कोचिदा
तिमी कसरी कुन नैतिकताले सरकारमा बस्ने ?
हिजो तिम्रो आदेशमा मर्न तयार भयर गणतन्त्र ल्याउने जनसेना आज कसरी अयोग्य ? 
तिमी महलको मालिक बन्नु नै परिवर्तन हैन , नत मार्सिचामल खायर बस्नु नै हो परिवर्तन ! परिवारलाई सत्तामा पुर्याउनु नै जनसत्ता होइन ! न त यो बर्गमुक्ति नै हो ।
बर्गमुक्ति र जनसत्ता भनेरै हामीले धेरै गुमायौ ।
गुमाउन त तिमिलेपनी गुमायौ …….
जनसेना , जनअदालत , जनसत्ता सबै सबै ……….! 
तर तिमिले त समाजवादि सपना पनि भुल्यौ
सायद ……………..
सामन्त , दलाल पुजीपतिको संगत भएरै होला …..!
ढिडो खादै गुन्द्रीमा बस्ने तिमी
मार्सिभात खाएर महल को बसाई ले होला
सायद ………..!
सहयात्री लाई आतंककारी को बिल्ला भिराउने ।
सर्वाहाराको मुकुन्डो भिरेर पुजीपतिको मालिक बन्ने अंहो तिमी कस्तो सुपृमो ।