साहित्य

पैसाः उपचारलाई होईन चुनावलाई हो ।

 -दिपेन्द्र मरासिनी           -कविता

देशमा कोरोनाको माहोल झन् झन बढ्दो,
नेताको दिमाग चुनावमै अड्को ।
उपचारको अभावमा जनताको ज्यान घट्दो,
अरुलाई खाना पुराउने किसान अनसनमा काटीराछ खड्को।।

सानोसानो लोभमा जनता पल्कायो,
युवाहरूलाई तेल र मासुमा अल्झायो।
विपयक्षको पुच्छरमा आगो सल्कायो,
अनि २,४ अर्ब खर्च गरी पाईरहेको कुर्सी फेरी पड्कायो।।

भेडा जमात भएको देशमा एकोहोरो भेडोले देश चलाउने।,
अरुको सरसल्लाह बिना आफ्नो नियम बनाउने।
आफू सत्तामा रहन कहिले पुछार तान्ने,
र कहिले उसैको गोडा समाउने ।

जनतालाई उपचार गर्न आफै लागत तिर्नुपर्ने,
तर आफू सधै ख्क्ष्ए सवारीमा हिँड्नुपर्ने ।
देशको आर्थिक अवस्था चलाउन ऋण लिने,
तर पाँच बर्षमा गर्ने चुनाव आधाकार्यकालमा गरी पैसा मात्र खर्चने।

अब हामी जनतानै देशको लागि केहि गर्नुपर्छ,
बुढाहरूले खाल्डोमा पारेको देशमा हामी माटो भर्नुपर्छ।
चुनावमा कुनै पार्टीको झण्डा बोकेर रमाउन भन्दा,
पैसोमा बिक्ने भोटलाई सहि चिह्नमा पुर्‍याउन पर्छ ।