प्रदेश 1

इटहरीमा कांग्रेस महाधिवेशनको पूर्व तयारी शुरु

इटहरी, ४ पुसः नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पूर्व तयारीको कार्य शुरु गरेको छ । इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो ।

नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न जिल्ला अनुगमन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर, वडा र भातृसंघसंस्थाका अगुवा नेता कार्यकर्ताहरुको भेलामा वडाले तीन दिनभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा सहसचिव नगेशचन्द्र राईले बताए ।

आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कोभिड १९ का कारण प्रभावित भएपनि फागुनमा स्थानीय तह सम्मको भएपनि अधिवेशन प्रारम्भ हुन सक्ने भएकाले सुनसरी जिल्ला कार्यसमितिले पौष ७ गतेभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटी आएको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोले तामाङले उक्त भेलामा बताए ।

उनले पार्टी छाडी गएका, वाघी उम्मेदवार र उनको प्रस्तावक तथा समर्थक बसेका, पटकपटक आग्रह गर्दा पनि नविकरण गर्न इन्कार गर्ने बाहेक सबैको तोकिएको शूल्क लिई नविकरण गर्न आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरुको नविकरण फाराम सट्टापट्टा नहुनेगरी अलग अलगै भर्न समेत उनले प्रष्ट्याएका छन् ।
जिल्ला सचिव केदार भण्डारीले क्रियाशील सदस्यता सम्बन्धि कुनै गुनासो उजुरी नपर्ने गरी निर्विवाद ढंगले नविकरण गर्न र फाराम अपुग भएमा जिल्लाले थप फाराम उपलब्ध गराउने बताए । सभापति हेमकर्ण पौडेलले नविकरण शुल्क र तोकिएको लेवी सक्नेले अनिवार्य बुझाउन र पार्टी सञ्चालनमा सहयोगका साथै पार्टीप्रति माया लाग्ने गरी र अपनत्व महशुस हुनेगरी प्रत्येक क्रियाशील सदस्यले हरतरहको योगदान गर्न तथा आआफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।

भेलामा महासमिति सदस्य भरत गौली, जिल्ला सदस्यहरु दिपक ढकाल, फुलराज सुवेदी, रुपा कार्की, रमला तामाङ, मेयरका प्रत्यासी रोहित प्रसाई, महासमिति सदस्य एवम् नेपाल तरुण दलका जिल्ला सभापति सिजन गुरुङ, महाधिवेशन प्रतिनिधि राजु राय, नेपाल टेडयुनियन कांग्रेसको केन्द्रीय सहमहामन्त्री ज्योति कोइराला, जिल्ला सल्लाहकार ठगेन्द्र प्रसाद आचार्य, पार्टीका नगर सहसभापति कोभिडजंग कार्की, उपसभापति शिवराज दाहाल, सचिवद्धय प्रकाश बस्नेत र विजय केसी, नगर सहसचिव एवम् नेविसंघ जिल्ला सभापति मन्दिप भट्टराई, कोषाध्यक्ष तिर्थबहादुर अधिकारी, नेविसंघ पूर्व केन्द्रीय सदस्य सूर्य राईको उपस्थित थियो ।

यस्तै नेपाल आदिवासी जनजाति संघ जिल्ला सभापति गोपाल(कालुराम) राई, ३ नं. वडा अध्यक्ष वालकृष्ण विष्ट, नेपाल दलित संघ नगर सभापति शिला परियार, नेपाल किसान संघ इटहरी सभापति डम्बर बस्नेत, नेपाल महिला संघ पूर्व इटहरी सभापति पदमा पौडेल, नगर सदस्यहरु बुद्ध तामाङ, मिलन त्रिताल, वडा सभापति एवम् प्रतिनिधिहरु प्रमानन्द पौडेल, ध्र्रुव प्रसाद आचार्य, देवेन्द्र प्रसाद वास्तोला, रामवावु आचार्य, टेक वहादुर खतिवडा, रामरोहन चौधरी, गोपाल विष्ट, दुर्गा प्रसाद पौडेल, मेनुकुमारी राई, लखनलाल चौधरी, रेवती दुलाल, दिपेन्द्र घिमिरे, विक्रम थापा लगायतको विचार एवम् उपस्थिति रहेको थियो ।