उर्जा

आज काठमाडौंको विभिन्न स्थानमा तीनघण्टा बत्ति जाने

४ मंसिर, काठमाडौं । आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ । यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।