विचार/ब्लग

पटक–पटक आलोचित हुन किन रुचाउँछन् ओली ?

शोभा रावात / पटक–पटक आलोचित हुन किन रुचाउँछन् प्रधानमन्त्री एबम् सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली । अहिले सम्मकै शक्तिसाली निर्बाचित प्रधानमन्त्रीका रुपमा पनि चिनिन्छन् उनी । जसलाई अहिलेपनि झण्डै दुईतिहाई बहुमतको समर्थन छ । ओलीलाई अहिले मुलुक र जनताका लागि काम गर्न ठुलो अवसर छ । तैपनि अहिले सम्मकै निकम्मा र नालायक सरकारको संज्ञा पाएका छन् । भ्रष्टाचार, बलात्कार, घुषखोरीको संरक्षण गर्ने आरोप पनि उनीलाई लाग्दै आएको छ । जसकारण उनि बेला बेला चर्चामा आईरहेका पनि हुन्छन् भने चर्काे बिरोधको पनि सामना गर्न परिरहेको हुन्छ ।

यति मात्रै होईन, कुनै न कुनै काण्डका कारण बेला–बेलामा चर्चामा आईरहने ओली आफुलाई चर्चामा राख्न मन पराउँछन भन्न पनि सकिन्छ, उनलाई यसैका कारण काण्डै काण्डको सरकारको नायकका रुपमा पनि लिइन थालेको छ । यो कुरा सारा नेपालीलाई पनि अवगत पनि नै छ । कुनै पनि महत्वपुर्ण निर्णय कार्यान्वयनमा हतारो, सल्लाह नै नगरि एकलौटी राष्ट्रपतिको मिलेमतोमा जारी गर्नु, र म नै सर्वैसर्वा हो भन्ने हठ्–अहमताका कारण ओलको बिरोध प्रतिपक्षीले मात्रै होईन उनकै पार्टी सत्तारुढ नेकपा भित्रैबाट भएको छ । आफ्नै समकक्षी अध्यक्ष पुष्पकमल दहालले भ्रष्यटाचारीका संरक्षककाने आरोप ओलीलाई लगाईसकेका छन् । लिखित रुपमा लगाईएको आरोप फिर्ता लिएर पनि फिर्ता हुने होईन । ‘रअ’ भनेर चिनिने भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङका प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ताका कारण उनि निकै आलोचित भए । आफ्नै पार्टी र प्रतिपक्षीलाई कुनै जानकारी बिनै ‘रअ’ प्रमुख संग गोप्यरुपमा प्रधानमन्त्री ओलीले भेट वार्ता गरेको सार्वजनीक भएपछि नेकपामा बिवाद सुरु हुनुका साथै चौतर्फि बिरोध पनि भएको थियो ।

परराष्ट्र मन्त्रालयले समेत गोयलको भ्रमणको बारेमा केहि जानकारी नभएको भन्दै विवरण सार्वजनिक गर्यो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने एउटा प्रेस बिज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्री ओली र गोयलबीचको भेटका बारेमा जानकारी सार्वजनिक गर्दै ओलीको बचाउ गरेका थिए । गोयल नेपाल आएर राजनीतिक भेटघाटमा सक्रिय रहेको समाचार सार्वजनिक हुनासाथ सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र प्रमुख प्रतिपक्ष्ी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने त्यस्तो भेटवार्ता नगरेको बताइएको थियो ।

तर सत्तारूढ नेकपामा केही समयअघि मात्रै पार्टीमा देखिएको विवाद साम्य पार्ने क्रममा सरकारले गर्ने महत्वपूर्ण कार्य र निर्णयबारे पार्टीमा छलफल गरिने सहमति हुँदा हुँदै फेरि ओलीको बिना जानकारी विदेशी गुप्तचर निकायका प्रमुखसँगको बैठकले पार्टीभित्रकै बिबादले झनै ठुलो रुप लिएको थियो । पार्टीका अर्का अध्यक्ष ओलीको उक्त कदमलाई लिएर गुटबनाउँदै चर्काे बिरोध गरे । नेकपामा बिरोध भईरहनुको मुख्य कारण पनि प्रधानमन्त्रीलाई नै लिने गरेका छन् पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु । हरेक समय उनकै क्रियाकलापलाई लिएर पार्टीमा बिबाद सुरु आरोप लाउने समेत गरेका छन् । पार्टी बाहिरका शक्तीले आरोप लगाउनुलाई त स्वभाविकै मानिन्छ तर आफ्नो पार्टीको बहुमत सदस्यले गम्भीर आरोप लिखित रुपमा नै लगाउँदा पनि ओली टस्मस् देखिएका छैनन् ।

ओली र ‘रअ’ प्रमुख बीचको गोप्य बार्तासंगै नेकपाका नेताबिच चिसिएको सम्बन्ध झनै चिसियो । त्यस्पश्चात दुई अध्यक्ष समूहबीच झनै मनमुटावको अवस्था सिर्जना यो । दुई अध्यक्ष ओली र प्रचण्डले एक अर्का बिरुद्ध आरोप पत्र नै पेस गरेका थिए । पछि दुई अध्यक्ष छुट्टा–छुट्टै बैठकमा बस्न थाले भने बिभिन्न समयमा बोलाईएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री नै आउन पनि छाडेका थिए । यतिमात्रै नभई दुई अध्यक्षबीचको वान टु वान वार्तापनि बिगत लामो समयसम्म हुन सकेन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको आरोपपत्र फिर्ता नहुँदासम्म आँफु बैठकमा नआउने ओलीको अडान थियो । स्थायी कमिटीको बैठकमा बसेर उक्त दुई पत्रका विषयमा छलफल हुनुपर्ने प्रचण्डको जोड थियो । अर्का तर्फ तल्ला तहका नेताहरु दुई अध्यक्षलाई मिलाउनमा कसरत गरिरहेका थिए ।

पार्टीभित्रै एउटा बिबाद जारी रहेकै बेला प्रधानमन्त्री ओलीले अकस्मात बिना जानकारी फेरी संबैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा बिबादले झनै उग्र रुप त लियो । चारैतिरबाट ओलीको उक्त कार्यको चर्काे बिरोध भयो । पार्टीभित्रै पनि कुनै जानकारी नदिई ओलीले संवैधानिक परिषदको बैठक आफुसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि उनको तीब्र बिरोध भईरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त अध्यादेश फिर्ता नभए पुनः कडा बिरोध जनाउने भन्दै बुधबारको पदाधिकारी बैठको निर्णयबाट निर्णय गरिसकेको छ । उक्त अध्यादेश खारेजीको माग गर्दै सर्वाेच्चमा रिट समेत दायर भयो । सुनुवाई शुक्रबार हुने भएको छ ।

यत्तिकैमा विभिन्न समस्याकाबीच बुधबार ओली र प्रचण्डबीच दुई पटकसम्म बसेको बैठक र संसदको अधिवेशन माग गर्दै ८३ सांसद हस्ताक्षर लिएर राष्ट्रपतिकहाँ पुगेपछि अन्ततः ओलीले घुँडा टेके । उनले आफैँले ल्याएको अध्यादेश फिर्ता गर्न बाध्य भए । अध्यादेश जारी भएको २४ घण्टा नबित्दै उक्त अध्यादेश फिर्ता लिएपनि उनको उक्त कार्यको भने सबैतिरबाट कडा बिरोध भयो । बिभिन्न सामाजिक सञ्जालमार्फत सर्बसाधारणलेसमेत अध्यादेशको बिरुद्ध ओलीको कडा बिरोध भयो ।यतिमात्रै नभई मुलुकका विभिन्न स्थानमा ओलीको पुत्ला दहन भएको घटना पनि सार्वजनिक भएको थियो । ओली आफ्नै क्रियाकलापका कारण पटक पटक नै आलोचित हुने गर्दछन् । एकलौटि विभिन्न अध्यादेश जारी गर्दै फिर्ता गर्नु, भ्रष्टाचारीको संरक्षणमा लागेको भनी अन्तराष्ट्रिय संस्थाबाट प्रतिबेदन सार्वजनिक हुनुले आलोचित मात्र नभएर प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक अधिकार समेत गुमाई सकेका छन् ओलीले ।

ओलीले बेला बेला गर्ने हर्कतका कारण राजीनामा समेत माग्ने गरिनु कुनै नौलो कुरा त भएन । मुलुकका नागरिकको अभिभावक प्रधानमन्त्री ओली नागरिकको जनजिवन, स्वास्थ्य, शिक्षाको बारेमा भन्दा पनि आफ्नै समस्या मिलाउन मै ब्यस्त देखिन्छन् । उनीसंगै जोडएर आउँछ राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम जसले अध्यदेश जारी गर्ने गर्दछिन् र पटक पटक आलोचित बन्ने गर्दछिन् । मुलुकका नागरिक कोरोनाका कारण औंषधि नपाई मरिरहँदा, लकडाउनका कारण खान नपाई मर्दा, युवाहरु बेरोजगार भई भौंतारिरहँदा देशकै प्रधानमन्त्री भने आफुले गरेका काण्डलाई मिलाउनमै ब्यस्त देखिरहन्छन् ।

नेकपा नेतृत्वको सरकारको पालामा कोहिपनि नागरिकलाई रोग, भेकले मर्नुपर्दैन भनेर ठुलो ठुलो गफ लगाउने ओलीले जनता भोकले मरिरहँदा कुनै वास्ता छैन । आज बिश्वका बिभिन्न देशले कोरोना विरुद्धको खोप खरिद गरी आफ्ना नागरिकहरुलाई दिईसकेका छन् । तर नेपालका प्रधानमन्त्री पार्टीभित्रको बिरोध र आफ्नै कारण सिर्जित समस्या मिलाउन मै हराएका छन् । उनलाई आफू र आफ्नो गुट बलियो बनाउँदै शक्तीसाली हुनेबाहेक अरु कुनै इच्छा नै नभएको उनका कृयाकलापले पुष्टी गरिसकेको छ ।

प्रधानमन्त्री ओलीका निर्बाचनका बेलाका गफले नेपाली जनता वाक्क भईसकेका छन् । अब आउँदो निर्बाचनमा देखाईदिन्छौं भनेर उनीहरुले भनिरहेका भएपनि उनले देश र जनताको आलोचनाको वास्तै गरेका छैनन् । उनलाई नवमहाराजको आरोप लगाईएपन त्यसको जवाफ दिन उनी तयार देखिँदैनन् । ओली महाराजबाट ओली जनतामा कहिले आउला मुलुक त्यो हेर्न बाँकी नै भएपनि राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट लखेटेका नेपाली जनताले ओलीलाई लखेट्न नसक्ने होईनन् भन्ने उनले सम्झिउन् । उनलाई जनताले कहाँ पुर्याउछन् त्यो भने समयले बताउला ।