बाग्मती

काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुसः आवस्यक सतर्कता अपनाउन आग्रह

२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज बिहान साढे ६ बजेको तापक्रम २।३ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो आजसम्मको यो वर्षकै न्यून तापक्रम हो । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् । काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीको भनाइ छ ।

बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । “पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । मौसमवीदका अनुसार पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ भने वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।

तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ ।

बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क हुन भनेको छ ।