साहित्य

आत्मजा’ र ‘तुम बिन’ सार्वजनिक

२७ मङ्सिर, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेखा यादवद्वारा लिखित नेपाली भाषाको ‘आत्मजा’ (उपन्यास) र हिन्दी भाषाको ‘तुम बिन’ (कवितासङ्ग्रह)सार्वजनिक गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, नेतृ हिसिला यमीलगायतले ती कृति सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष यादवले समाजमा भएका घटना र परिवेश समेटिएकाले कृति पठनीय रहेको बताए ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दुवै पुस्तक अति नै महत्वपूर्ण र समाजमा परिवर्तन ल्याउने खालको रहेको आफ्नो सन्देश पठाएका थिए । कृतिमा रचनाकार यादवले केही आफ्ना अनुभव र भावना तथा केही सामाजिक परिवेशका विषयलाई समावेश गरेका छन् ।