प्रदेश 1

बलात्कार मुद्धामा सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट सफाइ पाए

२२ मसिंर,काठमाडौ । बलात्कार मुद्धा आरोपीत सिद्ध बाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ ।

जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने अभियोगको दाबी पुग्न सक्ने प्रमाण नपुगेकाले गिरीलाई कसुरबाट सफाइ दिने फैसला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सुनाएका हुन्।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सिद्धाबाबाविरूद्ध २०७६ पुस १० गते मुद्दा दर्ता भएको थियो।