समाचार

नेपाली सेनाले बनाइदियो हाटबजारका लागि ट्रष्टघर

२२ मसिंर, काठमाडौ । नेपाली सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत हाट बजारको लागि ट्रष्टघर हस्तान्तरण गरिएको छ ।

सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरुडदल गणद्वारा रुपन्देहीमा रहेको महुवारी ईलाकामा व्यवस्थित हाट बजारको सो घर हस्ताणतरण गरिएको हो ।

एक कार्यक्रमका बिच बाहिनी अड्डाका बाहिनीपति श्री सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानिय सर्बसाधारण एवम पत्रकार गरि करिव ६० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्याउने मर्चवारी गाउँपालिकाका वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दैै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरेका हुन ।

उक्त निर्माणबाट करिब ४ हजार स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्नशिल रहेको छ ।