आर्थिक

अरुण काबेलीको साधारणसभाले पारित गर्यो ६ प्रतिशत लाभांश

२२ मसिंर, काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सोमबार कम्पनीको काठममाडौंको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल (जुम) माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ ।

साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक बर्ष २०७६ ÷०७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सेयरधनी अरुणभ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष रमेश न्यौपानेले आफ्ना धारणा राखेका थिए ।

सभामा सेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल, अमृतनाथ रेग्मी, अमृतदास रंजित, चन्द्रनारायण श्रेष्ठलगायतले कम्पनीको प्रगतिप्रति खुशी ब्यक्त गर्दै अर्को बर्ष दोहोरो अंकमा लाभांश दिने गरी काम गर्न आग्रह गरेका थिए । सभाको संचालन कम्पनी सचिव सिर्जना खड्काले गरेकी थिइन् ।

साधारणसभामा प्रस्तुत शेयरधनीका सुझावलाई कम्पनीले कार्यान्वयन गर्ने बताउँदै अध्यक्ष न्र्यापानेले आगामी दिनमा समेत सबै पक्षबाट साथ सहयोगको अपेक्षा गरेका थिए । कम्पनीले पारित गरेको लाभांश मंसिर १२ गतेदेखि बुकक्लोज हुनुअघि सेयर किनेका सेयरधनीहरुले पाउने छन् ।